घरमा हुने सुत्केरी तथा बाल मृत्युदर शून्य बनाउने अभियान
डोटी : जिल्लाको जोरायल गाउँपालिकाले घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य बनाउने अभियान शुरु गरेको छ। उक्त अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरणलगायतका काम गरिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए।
‘हामी घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य पार्ने अभियानमा छौँ, यसमा सबैले हातेमालो गरिदिनु पर्छ’, उनले भने। उक्त गाउँपलिकाका अधिकांश ग्रामीण क्षेत्रका महिला अझै पनि घरैमा सुत्केरी हुन थालेको खबर आउन थालेपछि घरमा हुने सुत्केरी तथा बाल मृत्युदर शून्य बनाउने अभियानको शुरुवात गरेको गाउँपालिकाका कार्यकारी अधिकृत समीर भण्डारीले जानकारी दिए।
‘गामीण तथा स्वास्थ्यको पुहँचबाट टाढा रहेका महिला घरैमा सुत्केरी गराउन थालेका कारण हामीले यो अभियान चलाएका हौँ ‘, घरमा हुने सुत्केरीले सुरक्षित मातृत्वमा असर गरिरहेकाले स्वास्थ्य संस्थामा पुगेर गराउने प्रसूतिलाई अभियानको रूपमा थालनी गरेका उनको भनाइ छ।
उक्त अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लबलगायतले सहयोग गर्ने गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण