पूर्वमुमाबडामहारानी भाेलि डिस्चार्ज हुने
काठमाडौं : नर्भिक अस्पतालमा उपचाररत पूर्वमुमाबडामहारानी रत्न शाहको स्वास्थ्यमा क्रमिक सुधार भएको छ। उनी सम्भवतः सोमबार डिस्चार्ज हुने अस्पतालले जनाएको छ।
घरमै सामान्य बिरामी ९१ वर्षीया रत्नलाई पखला लाग्ने र पिसाब कम हुने समस्या थपिएपछि परिवारले गत मंगलबार नर्भिक पुर्याएको थियो। लगत्तै उनको परीक्षण रगतमा संक्रमण भएको पाइएपछि अस्पताल नै भर्ना गरेर उपचार गरिएको थियो।
रत्नको उपचारमा अहिले डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे, डा ब्रजेन्द्र श्रीवास्तवको टोली खटिएको छ। सोमबार डिस्चार्ज हुने चिकित्सकहरूले बताएकाे पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिन्द्र पाठकले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण