अभिनेतृ निरुता सिंहलाई डेंगु
काठमाडौं अभिनेतृ निरुता सिंहलाई डेंगु लागेको छ। केही समय काठमाडौं रहेकी निरुता बिरामी भएपछि मुम्बई पुगेकी थिइन्। मुम्बईमा उपचारका क्रममा उनलाई डेंगु भएको खुलेको हो।
केही समय अगाडि चलचित्र ‘क्याप्टेन’को प्रमोसनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु लागेको बताइएको छ ।
लामो समयदेखि रुघा र खोकीले ग्रस्त निरुतालाई मुम्बई फर्किएपछि मात्र डेंगु भएको पत्ता लागेको हो। निरुताले आफू अहिले उपचारको क्रममा रहेको र निकै डर लागेको उनी निकट चलचित्रकर्मीलाई बताएकी छिन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण