अस्पतालमा ११ नवजात शिशुकाे मृत्युपछि ट्युनिसियाली स्वास्थ्यमन्त्रीद्वारा राजीनामा
अस्पतालमा भर्ना भएका शिशुहरूको रहस्यमय मृत्युपछि ट्युनिसियाका स्वास्थ्यमन्त्री एब्डेल राउफ एल सेरिफले पदबाट राजीनामा दिएका छन्।
राजधानी ट्युनिसको एक अस्पतालमा भर्ना भएका ११ नवजात शिशुहरूको २४ घण्टा भित्रै मृत्यु भएपछि स्वास्थ्यमन्त्री सेरिफले शनिबार राजीनामा दिएको रोयटर्सले जनाएको छ ।
‘स्टेट डियाट्रिक हस्पिटल राप्टा क्लिनिक’मा गत बिहीबार र शुक्रबारको बीचमा ११ जना नवजात शिशुको मृत्यु भएको थियो। ट्युनिसियाको पेडियाट्रिक सोसाइटीले अस्पतालमा संक्रमणको कारण शिशुको मृत्यु भएको हुनसक्ने जनाएको छ।
प्रधानमन्त्री युसुफ छेडले औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान शुरु गरिएको जानकारी दिएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’