घरमा हुने सुत्केरी शून्य बनाउने अभियान शुरू
रोल्पा : जिल्लास्थित एक वडाले घरमा हुने सुत्केरीलाई शून्य बनाउने अभियान थालनी गरेको छ। लुङ्ग्री गाउँपालिका–१ ले यस्तो अभियान थालनी गरेको हो।
अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरणलगायतका काम गरिने बताइएको छ । अभियानमा बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना पनि जोडिने स्वास्थ्य सहायक दामोदर सुवेदीले जानकारी दिए।
आर्थिक वर्ष ०७०\०७१ मा सो वडाका पाँच जनाले मात्रै स्वास्थ्य संस्थामा प्रसूति गराएकोमा आर्थिक वर्ष ०७४\०७५ मा सो सङ्ख्या ८६ र चालू आवको हालसम्म ९७ पुगेको सुवेदीले बताए।
घरमा हुने सुत्केरीले सुरक्षित मातृत्वमा असर गरिरहेकाले स्वास्थ्य संस्थामा पुगेर गराउने प्रसूतिलाई अभियानको रुपमा थालनी गरेका उनको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण