गुणस्तरीय सेवा दिन स्वास्थ्य सचिवको निर्देशन
भरतपुर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्ने बताएकी छिन्। भरतपुर अस्पतालको निरीक्षणपश्चात चौधरीले गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताइन्।
भरतपुर अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउनुपर्ने भन्दै उनले यसका लागि सबै कर्तव्यनिष्ठ भएर लाग्नुपर्नेमा जोड दिइन्। सङ्घीय सरकार मातहत रही विशिष्ठ सेवासहितको विशेषज्ञ अस्पताल बनिसकेकाले यसका लागि आवश्यक पर्ने जनशक्ति, पूर्वाधार र उपकरणका लागि आवश्यक पहल मन्त्रालयले गर्ने उनले बताइन्।
राम्रो व्यवस्थापन गर्न सके अस्पतालमा रकम अभाव नहुने उनकाे भनाइ छ। अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. कृष्ण पौडेलले बजेट अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भएको गुनासाे गरेपछि सचिव चाैधरीले यस्ताे प्रतिक्रिया दिएकी हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण