पाँचौ ‘क्यान्सर सर्भाईभर मिट’ सम्पन्न
काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवस सेरोफेरोमा नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा पाँचौ ‘क्यान्सर सर्भाईभर मिट’ कार्यक्रम भएको छ।
‘म आफू क्यान्सर सर्भाइभर भएर कसरी के–कस्तो योगदान गर्न सक्छु? नाराका साथ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको प्रांगणमा कार्यक्रम आयोजना भएकाे हाे।
कार्यक्रममा प्रमुख अतिथि धम्मावतीले बिरामीको सेवा नै परम धर्म भएकाे बताइन्। आफू स्वयं पनि क्यान्सर सर्भाइभर भएकाे र आफ्नो उपचार भइरहँदा पनि क्यान्सर सर्भाइभरहरूको प्रोत्साहनले निकै सहयोग मिलेको उनकाे भनाइ छ। कार्यक्रममा अम्बिका श्रेष्ठले क्यान्सर उन्मूलनमा महिलाहरूको भूमिका निकै महत्त्वपूर्ण हुने धारणा राखिन्।
कार्यक्रममा सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शोमा संलग्न २४ जनालाई सम्मान गरिएकाे थियाे।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अनुसार सुदिप्त क्यान्सर सर्भाइभर कार्यक्रम नेपाल क्यान्सर सहयोग समूहको क्यान्सर रोगसँग जितेका विजेताहरुका लागि समर्पित कार्यक्रम हो। यो कार्यक्रमको मुख्य उद्देश्य क्यान्सर जितेका सर्भाइभरहरूको नियमित भेला गराई क्यान्सर सर्भाइभर, तिनका परिवारका सदस्यहरू र स्वास्थ्य सेवामा समर्पित पेशेवरबीच आ–आफ्ना सोच, विचार, इच्छा, आकांक्षा, डर र सन्देहबारे अन्तरक्रिया गराउनु हो।
यस्ता कार्यक्रममार्फत क्यान्सर रोगलाई जितेका सर्भाईभरहरुमा नयाँ जोश जगाई क्यान्सरप्रतिको समाजमा ब्याप्त डरलाई कम गराउने यो कार्यक्रमको मुख्य उद्देश्य भएकाे सेन्टरले जनाएकाे छ।
सुदिप्त क्यान्सर सर्भाईभर कार्यक्रमले हरेक महिना सर्भाईभर मिटको आयोजना गरिरहेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण