Health TV Online
Health TV Online
Health TV Online

पहिलोपटक सिटीस्क्यान र आईसीयू सेवा शुरु

पहिलोपटक सिटीस्क्यान र आईसीयू सेवा शुरु

राजविराज : सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आईसीयू सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन्। रूपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरु गरेको हो।

अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले पाँच भेन्टिलेटरसहितको आईसीयू र पाँच सीसीयुसमेत जडान गरिएको बताए। यसअघि जिल्लामा ती दुवै उपकरण नहुँदा सो सम्बन्धी उपचारका लागि प्रदेश १ को विराटनगर वा धरानमा बिरामीलाई लैजानु पर्थ्यो अब त्यो सेवा अब सप्तरीमै आइसकेपछि जिल्लावासीमा खुशी छाएको उनको भनाइ छ।

आईसीयूको अभावमा कतिपय बिरामीको ज्यान जोखिममा पर्न नदिन जिल्ला बाहिर पठाउनुपर्दा बढी रकम खर्चिनुपरेकाले आफूहरूले ती उपकरण ल्याएको अध्यक्ष ठाकुरले बताए। मस्तिष्कभित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटी, पेट हड्डीको समस्यालगायत जटिल रोगका लागि ती उपकरण आवश्यक पर्ने चिकित्सकहरूले बताएका न् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार