सिरहाका गाउँगाउँमा बिमितको नाम दर्ता शुरु
लहान : स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बिमितको नाम दर्ता शुरु गरिएको छ।
यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबिमा कार्यक्रम लागू भएको हो। स्वास्थ्यबिमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बिमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो।
स्थानीय तहका सम्पूर्ण वडामा एक\एक सहजकर्ता परिचालन गरी बिमाको महत्व, यसको प्रक्रिया र बिमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेको नाम दर्ता गर्ने कार्य भइरहेको स्वास्थ्यबिमा बोर्ड लहान शाखाका बिमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए।
सहजकर्तामार्फत दर्ता भएको बीमितको नामलाई चैतबाट कम्प्युटरमा दर्ता गरिने र अहिले नाम दर्ता गराएका बिमितलाई आउँदो जेठबाट बिमा सेवा उपलब्ध गराइने बीमा अधिकारी साहले बताए।
पाँच जनाको परिवारले वार्षिकरूपमा प्रतिपरिवारले रु दुई हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक रु ५० हजारको स्वास्थ्य बिमा पाइने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्यले वार्षिक ४२५ रूपैयाँका दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा थैलीमा १० हजार रूपैयाँ थपिने जनाएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’