Health TV Online
Health TV Online
Health TV Online

एचआईभी संक्रमितको उपचारमा समस्या

एचआईभी संक्रमितको उपचारमा समस्या

काठमाडौं : भेरी अस्पतालमा एचआईभी संक्रमितको उपचारमा समस्या भएको छ। एचआईभी संक्रमितको शरीरकमा भएका भाइरसको पत्ता लगाउने भाइरल लोड मेसिन नहुँदा परीक्षणमा समस्या भएको हो।

आईभी संक्रमितको शरीरमा जीवाणुको संख्या पत्ता लगाउन प्रयोग हुने मेशिन नहुँदा संक्रमितको शरीरमा कति भाइरस छ भन्ने पत्ता लगाउन नसक्दा उपचार गर्न समस्या हुने गरेको अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ एवं एचआइभी फोकल पर्सन डा. संकेत रिसालले बताए।

उपचार सेवा लिने एचआइभी संक्रमितको संख्यामा बृद्धि भएको छ। एचआइभी संक्रमितको संख्या नबढे पनि सेवा लिने संख्या बढेको डा.रिसालले जानकारी दिए। उनले हाल भेरी अस्पतालमा एक हजार २०२ जना एचआइभी संक्रमित सम्पर्कमा आएको बताए। ती मध्ये माघ अन्तिमसम्म ४०४ जनाले नियमित रूपमा एआरटी सेवा लिइरहेको बताए। ‘

भेरी अस्पतालले ०६१ सालदेखि एचएचआईभी संक्रमितलाई स्वास्थ्य सेवा दिन थालेको हो। सम्पर्कमा आएका मध्ये १३८ जनाको मृत्यु भइसकेको उनले बताए। उनले नियमित रूपमा औषधि सेवन नगर्ने, लागुऔषध सेवन गर्ने र केहीले आत्महत्या गरेको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार