Health TV Online
Health TV Online
Health TV Online

राजविराजमा नाक, कान, घाँटी र मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण कार्यक्रम

राजविराजमा नाक, कान, घाँटी र मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण कार्यक्रम

काठमाडाैंः राजविराजमा महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा विद्यार्थीलाई नाक,कान घाँटी तथा मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण दिइएको छ । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा १ सय भन्दा बढी विद्यार्थी, ५० जना महिला स्वास्थ्य स्वयंसेविका र ५५ जना शिक्षक सहभागी थिए ।

शाखा प्रमुख  डा प्रकाश बुढाथोकीले प्रशिक्षण पश्चात स्वास्थ्य कार्यालय प्रमुख सहित १७ जना शिक्षकले सुर्तीजन्य पदार्थ त्यागेको बताए । प्रशिक्षण कार्यक्रममा नाक कान घाँटी, आँखा, दाँत तथा मुखमा देखिने समस्या र तिनको प्राथमिक उपचार , रोकथामकोबारेमा चर्चा गरिएको थियो ।

उक्त कार्यक्रममा तीनवटा सरकारी विद्यालयका एक सय बढी विद्यार्थीलाई मुख स्वास्थ्यको महत्व तथा ब्रस गर्ने तरिकाबारे अभ्यास समेत गराईएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका एवम शिक्षकहरुले प्रशिक्षण असाध्यै फलदायी भएको बताएका थिए ।

डा. प्रकाश बुढाथोकीको नेतृत्वमा महाशाखाबाट उक्त टोली गएको थियो । प्रशिक्षकहरुमा नाक,कान,घाँटीमा वीर अस्पतालका डा. ढुण्डीराज पौडेल,दाँत तथा मुख स्वास्थ्यमा डा. प्रकाश बुढाथोकी र डा. चाँदनी जैसवाल तथा आँखामा सगरमाथा आँखा अस्पतालका नेत्र अधिकृत रामानन्द बि.के. रहेका थिए । यस्तो प्रशिक्षण कार्यक्रम सातै प्रदेशमा गर्ने योजना रहेको कार्यक्रम संयोजक डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार