निःशुल्क स्वास्थ्य शिविरमा ८०० जनाकाे जाँच
जाजरकोट : नलगाड नगरपालिका–३ कैनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित भएका छन्।
विंग्स फाउण्डेशन र नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको सहयोगमा आयोजित सो शिविरमा पाठेघर खस्ने, मुटु, अपाङ्गता, बालरोग, दम, दाँतलगायत रोगका बिरामीले उपचार सेवा पाएका हुन्।
पाठेघर खस्ने रोगबाट पीडित २०० महिलाले उपचार सेवा प्राप्त गरेका छन्। तीमध्ये एक सय पचास महिलामा रिङप्रेसरी राखिएको उपचारमा संग्लन डा. नवराज केसीले बताए। उनका अनुसार, पाठेघर खसेका ३० महिलालाई शल्यक्रियाका लागि सुर्खेत ‘रिफर’ गरिएको र १३० महिलाको पाठेघर क्यान्सरको ‘स्क्रिनिङ’ गरिएको छ।
यसैगरी मुटुमा प्वाल भएका र अपाङ्गता भई हिँडडुल गर्न नसक्ने अवस्थाका बालबालिकालाई थप उपचार तथा अभ्यासका लागि सुर्खेत पठाइएको छ भने कुपोषित अवस्थाका १८ बालबालिकालाई पोषण पुनःस्थापना गृह सुर्खेतमा पठाइएको डा. केसीले बताए। शिविरमा आएका अधिकांश महिलामा पाठेघर संक्रमण र पोषणको कमी देखिएको उनले बताए।
दुई दिन सञ्चालित शिविरमा प्रदेश अस्पताल सुर्खेत, नेपाल बाल पोलिक्लिनिक सुर्खेत र हिमाल डेन्टल क्लिनिक सुर्खेतले प्राविधिक सहयोग गरेको थियो। शिविर सञ्चालनका लागि प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर केसीको नेतृत्वमा एकजना विदेशी चिकित्सकसहित २० भन्दा बढी स्वास्थ्यकर्मी सहभागी थिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’