डा. डीबी कार्कीलाई लाइफ टाइम अवार्ड
काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. डीबी (डम्बर बहादुर) कार्की लाइफ टाइम अवार्डबाट सम्मानित भएका छन्।
नेपाल चिकित्सक संघले आफ्नो ६९औं वार्षिकोत्सवको उपलक्ष्यमा डा. कार्कीलाई उक्त अवार्ड प्रदान गरेको हो। ‘डक्टर्स डे’को अवसरमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले उनलाई अवार्ड प्रदान गरेका हुन्।
नेपालमा मुटु रोगको उपचार पद्तिधको विकास र सर्वसुलभ बनाउन खेलेकाे भूमिकाकाे कदरस्वरूप डा. कार्कीलाई सम्मान गरेकाे संघले जनाएकाे छ।
यस्तै, संघले खड्क–नन्द चिकित्सक अनुसन्धान अवार्ड धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. शीतल गुप्तालाई प्रदान गरेको छ। अनुसन्धानको क्षेत्रमा योगदान गरेको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण