एड्स भन्दा खतरनाक बन्दै सर्जरी
एड्स, मलेरिया आदि रोगभन्दा सर्जरी खतरनाक भएको एक अनुसन्धानले देखाएकाे छ। रोगबाट बचाउन गरिएको सर्जरीको ३० दिनभित्र गएको वर्ष मात्र करिब ४२ लाख मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको हाे।
अनुसन्धानकर्ताहरूका अनुसार एचआइभी, टीबी तथा मलेरियाजस्ता रोगबाट बर्सेनि २९ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको छ जुन सर्जरीका कारण हुने मृत्युभन्दा धेरै कम हो।
इंग्ल्याण्डको बर्मिङ्घम विश्वविद्यालयमा गरिएको एक अध्ययनका आधारमा याे तथ्य सार्वजनिक गरिएको हो। अनुसन्धानकर्ताहरूका अनुसार विश्वमा बर्सेनि ३१ करोड ३० लाख सर्जरी गरिन्छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने