सरकारी चिकित्सककाे माग सम्बाेधन गर्न ‘एक्सन कमिटी’ गठन
काठमाडौं : असन्तुष्ट सरकारी चिकित्सक संघ (गोदान)को माग सम्बोधन गर्न भन्दै सरकारले ‘एक्सन कमिटी’ गठन गरेको छ। सङ्घीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र गोदानका प्रतिनिधि सम्मिलित समिति गठन भएको हो।
सङ्घीय मामिला मन्त्रालयबाट सचिव दिनेश थपिलया र भूपाल बराल, स्वास्थ्य मन्त्रालयबाट डा. विकास देवकोटा, जनार्दन गुरागाईँ र महेन्द्र श्रेष्ठ र गोदानका प्रतिनिधि रहेका छन्।
गोदानका माग सम्बोधन गर्न मंगलबार स्वास्थ्य मन्त्रालय,सङ्घीय मन्त्रालयका उच्चस्तरीय र गोदानका प्रतिनिधि बसेर सम्झौताका लागि मस्यौदा बनाउने कार्यक्रम तय भएको संघ अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए। समिति गठन भएसँगै आफ्ना माग पूरा हुनेमा सकारात्मक रहेकाे उनले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’