बाँकेमा स्वास्थ्य बिमा कार्यक्रम शुरू
बाँके : चालीसौँ जिल्लाका रूपमा बाँकेमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको छ। कार्यक्रमका लागि बाँकेमा ८१ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बिमा बोर्डका जिल्ला दर्ता अधिकारी प्रकाश थपलियाले जानकारी दिए।
स्वास्थ्य बिमा परिचयपत्र बनाएर सेवा प्रारम्भ गरिएको उनले बताए। प्रत्येक वडामार्फत नियुक्त गरिएका दर्ता सहयोगीहरुले घरदैलो गरेर सदस्यता दर्ता गर्नेछन्।
स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन चाहने पाँच जना सदस्यसहितको परिवारले बिमा शुल्कबापत प्रत्येक वर्ष दुई हजार पाँच सय रूपैयाँ र अतिरिक्त सदस्यले ४२५ रूपैयाँका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ। बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ।
सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बिमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ। बोर्डले स्वास्थ्य बिमा कार्यक्रमबारे दर्ता सहयोगी, स्वास्थ्यकर्मीलगायतलाई अनुशिक्षण दिएर कार्यक्रम शुरु गरेको दर्ता अधिकारी थपलियाले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’