मेडिकल काउन्सिलले लिएको विशेष परीक्षामा ६०.३३% मात्र उत्तीर्ण
काठमाडौं : नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेष परीक्षामा सहभागी ३६८ जनामध्ये १४६ जना अनुत्तीर्ण भएका छन्। अनुत्तीर्ण हुने चिकित्सकको संख्या ३९ दशमलब ६७ प्रतिशत हो।
२२२ जना अर्थात् ६०.३३ प्रतिशत उत्तीर्ण भएको काउन्सिलका रजिष्टार डा. दिलीप शर्माले जानकारी दिए। गत वर्ष ६६ प्रतिशत पास भएका थिए।
परीक्षमा अनुत्तीर्ण हुनेमा चीन र बंगलादेशमा अध्ययन गरेका चिकित्सकको संख्या बढी रहेको बताइएको छ। परीक्षा शनिबार स्वयम्भुस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो।
याे विशेष परीक्षा यस वर्षको तेस्रो तथा अन्तिम परीक्षा हो। काउन्सिलले वर्षमा तीन पटक विशेषज्ञहरुको लाइसेन्स परीक्षा लिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण