चितवनमा ‘मरणोपरान्त अंगदान’ अभियान सुरू
चितवन : विभिन्न कारणले ज्यान गुमाउने व्यक्तिको अंग प्रत्यारोपण गरी अर्को व्यक्तिलाई नयाँ जीवन दिने उदेश्यले ‘मरणोपरान्त अंगदान’ अभियान थालिएको छ।
चितवनमा जारी नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ मा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यो कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका हुन्। मन्त्री यादवले धेरैजनाको ज्यान बचाउने भएकाले अभियानसबैले मिलेर सफल बनाउनुपर्ने बताए। नेपालकै लागि नयाँ अभियान भएकाले देशव्यापी बनाउनुपर्ने उनको भनाइ छ।
औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष दिपक दाहालले मष्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गरी दोस्रो व्यक्तिलाई नयाँ जीवन दान दिन सामाजिक अभियान शुरु गरिएको बताए। ‘मर्दा सँगै सडेर, गलेर, जलेर जाँने अंगदान गरी दोस्रो व्यक्तिलाई नयाँ जीवन दिने पुण्य काममा लाग्न आग्रह गर्छु’, उनले भने।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एक जना मरेको व्यक्तको अंगले आठ जनाले नयाँ जीवन जिउन सक्ने बताए। ‘एक मृत व्यक्तिको मृगौला, फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा, आँखाको नानी लगायतका विभिन्न अंग प्रत्यारोपण गरी अन्य आठ जनालाई नयाँ जीवन दिन सकिन्छ’, उनले भने, ‘तर मरणोपरन्त अंगदान गर्ने विषयमा सर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने अवस्था छ।’
कार्यक्रममै नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष दाहाल, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले मरणोपरान्त अंगदान गर्ने घोषणा गरे।
एक्स्पोमार्फत एक हजार भन्दा बढीले मरणोपरान्त अंगदानको घोषणा गर्ने संघको विश्वास छ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण