Health TV Online
Health TV Online
Health TV Online

ऊर्जामन्त्री पुन नर्भिकमा उपचाररत

ऊर्जामन्त्री पुन नर्भिकमा उपचाररत

काठमाडाैं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन नर्भिक अस्पतालमा उपचाररत छन्। स्वास्थ्य अवस्था खराब भएपछि पुन बिहीबार अपराह्न नर्भिकमा भर्ना भएका हुन् ।

पुनको छातीमा समस्या देखिएको थियो। डाक्टर यादव भट्टसहितको टोलीले पुनको उपचार गरिरहेको छ। अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पुनको निजी सचिवालयले जनाएको छ।

पुनलाई भेट्न बिहीबार साँझ नैप्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा लगायत नर्भिक पुगेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार