हेलिकाेप्टर दुर्घटनामा मृत्यु भएका पाँचजनाकाे शव पहिचान भएन, डीएनए टेस्ट गरिने
काठमाडौं : ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये पाँच जनाको शव पहिचान गर्न कठिनाइ भएपछि डीएनए टेस्ट गरिने भएकाे छ।
पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको प्रहरीले जनाएको छ।
घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रूपमा जलेका कारण पहिचान हुन नसकेको हाे।
बिहीबार दिउँसाे ल्याइएकाे शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएकाे छ।
प्रतिकूल मौसमका कारण बुधबार दिउँसो ताप्लेजुङको सिस्नेखोला नजिक हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित सातजनाकाे मृत्यु भएकाे थियाे।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’