यसरी जोगाऔँ आँखा
आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील अंग हो। खासगरी, जाडो र हावा चल्ने मौसममा आँखा दुख्ने, धमिलो देख्नेजस्ता समस्यालाई सामान्य रूपमा लिनु हुँदैन। आँखामा सामान्य समस्या देखिए पनि त्यसले ठूलो रूप लिन सक्छ।
आँखाका लागि सर्वप्रथम खानेकुरामा पनि ध्यान दिनुपर्छ। खासगरी, पोषण र प्रोटिनयुक्त खानाको नियमित प्रयोग गर्नुपर्छ। हरियो तरकारी, माछा, फलफूल आदिको अत्यधिक प्रयोग गर्नुपर्छ। यस्ता खानाले आँखासम्बन्धी गम्भीर समस्याबाट टाढै राख्छ।
कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखासम्बन्धी समस्या देखिन सक्छ। अफिसमा कम्प्युटरमा काम गर्नु बाध्यता हुन सक्छ। तर, घरमा त्यस्तो अवस्था नरहन पनि सक्छ। घरमा सकेसम्म कम्प्युुटर, मोबाइलबाट टाढै बस्नु राम्रो।
आँखासम्बन्धी कुनै समस्या छैन भन्ने भए पनि वर्षमा एकपटक जाँच गर्न भने आवश्यक हुन्छ। त्यस्तै, प्रत्येक मिनेटमा तीन–चारपटक आँखा झिम्काउनुपर्छ। यसले तन्दुरुस्त राख्नुका साथै आँखालाई तनावमुक्त गर्न सघाउँछ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’