Health TV Online
Health TV Online
Health TV Online

प्रदेश प्रमुख मल्ललाई थप उपचारका लागि दिल्ली लगिँदै

प्रदेश प्रमुख मल्ललाई थप उपचारका लागि दिल्ली लगिँदै

काठमाडौं : स्थास्थ्यमा सुधार नआएपछि सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि बिहीबार भारतको नयाँ दिल्ली लगिँदै छ।
एयर एम्बुलेन्समार्फत प्रदेश प्रमुख मल्ललाई नयाँ दिल्लीको गुडगाउँ स्थित मेदान्त अस्पताल लैजान लागिएको उनका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिइएको छ। एअर एम्बुलेन्सबाट नयाँ दिल्ली लग्न लागिएको हो।

स्थास्थ्यमा समस्या आएपछि प्रदेश प्रमुख मल्ललाई सुदूरपश्चिम प्रदेश सरकारको पहलमा फागुन ५ गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। छातीमा गम्भीर सङ्क्रमण देखिएको चिकित्सकले बताएका छन्।

शिक्षण अस्पतालमा उपचाररत उनलाई चिकित्सकको सल्लाहमा थप उपचारका लागि नयाँ दिल्ली लग्न लागिएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार