Health TV Online
Health TV Online
Health TV Online

सिंहदरबारमा सञ्चालित हेल्थ डेस्कमा पाैने तीन हजार कर्मचारीले गराए स्वास्थ्य परीक्षण

धेरैमा तनाव, टाउकाे र ढाड दुख्ने समस्या

सिंहदरबारमा सञ्चालित हेल्थ डेस्कमा पाैने तीन हजार कर्मचारीले गराए स्वास्थ्य परीक्षण

काठमाडौं मुलुककाे संघीय प्रशासन केन्द्र सिंहदरबारमा सञ्चालित हेल्थ डेस्कमा पाैने तीन हजार कर्मचारीले स्वास्थ्य परीक्षण गराएका छन्।

सिंहदरबारमा कार्यरत करिब सात हजार कर्मचारीलाई लक्ष्य गरी खोलिएको हेल्थ डेस्कमा एक वर्षको अवधिमा दुई हजार सात सय ५० कर्मचारीले स्वास्थ्य परीक्षण गराएकाे प्रमुख दिपक मुडभरीले जानकारी दिए।

कर्मचारीहरूमा तनाव बढ्ने, टाउको दुख्ने समस्या पाइएको छ। कर्मचारी लामो समय एकै ठाउँमा बसेर काम गर्ने हुनाले ढाड दुख्ने समस्या पनि धेरै देखिएको मुडभरीले बताए। उनीहरूले नियमित स्वास्थ्य परीक्षण नगर्ने, समयमा खानपिन नगर्ने र शारीरिक व्यायाम नगर्ने पाइएकाे उनकाे भनाइ छ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको कार्यालयमा रहेको तीन कोठासहितको हेल्थ डेस्क कक्ष वीर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सञ्चालित छ। हेल्थ डेस्कमा वीर अस्पतालका एक चिकित्सक, एक स्वास्थ्यकर्मी, एक अनमी र एक कार्यालय सहयोगी कार्यरत छन्।

हेल्थ डेस्कमा चाहिने औषधि भने उपलब्ध नभएकाे कर्मचारीको गुनासो छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार