Health TV Online
Health TV Online
Health TV Online

जाँच सरकारी स्वास्थ्य संस्थामा, औषधि मेडिकलमा

जाँच सरकारी स्वास्थ्य संस्थामा, औषधि मेडिकलमा

जुम्ला : स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण गरेपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव हुन थालेको छ।

सरकारले तोकेका ३५ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद नगरेका कारण अभाव भएको छ। स्थानीय तहले खरिदका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन्।

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकारभन्दा बढी औषधि उपलब्ध हुन नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्वास्थ्य संस्थामा रुघाखोकी, दम, झाडापखाला र ससाना बालबालिका उपचारका लागि आउने गरेका छन्। महिनाको दुईपटक औषधि आपूर्तिका लागि माग फारम भरी गाउँपालिकामा पठाए पनि सुनुवाइ नभएको तिला गाउँपालिका रारालिही स्वास्थ्य चौकीका इन्चार्ज दिनेश चौधरीले बताए।

गाउँपालिका–२ का अध्यक्ष कलिबहादुर रावतका अनुसार स्वास्थ्य संस्थाले समस्या भएको वेलैमा जानकारी नगराएकाले औषधि अभाव भएकाे हुनसक्ने बताए। तातोपानी गाउँपालिकाको तातोपानी स्वास्थ्य चौकीमा पनि औषधि अभाव देखिएको छ।

स्वास्थ्य चौकीमा आवश्यक औषधि नभएको ल्याब असिस्टेन्ट हेमराज कठायतकाे भनाइ छ। तर, गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने औषधि अभाव नभएको दाबी गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार