रामपुर अस्पताललाई उपचार सामग्री सहयाेग
पाल्पा : रामपुर अस्पताललाई उपचारका लागि आवश्यक पर्ने सामग्री सहयोग प्राप्त भएको छ।
इस्लामिक सक्रिय युवा समाज रामपुर पाल्पा र ह्युमन डेभेलपमेण्ट एकेडेमी पाल्पा एकाइद्वारा अस्पताललाई हेल्पिङ हेण्ड फर रिलाइफ एण्ड डेभेलपमेण्टको आर्थिक सहयोगमा उपचारका लागि आवश्यक सामग्री प्रदान गरिएको हो।
मंगलबार कार्यक्रम गरी समाजले पाँच लाख ३० हजार ६८० मूल्य बराबरको सामग्री नगरपालिका प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो ।
सामग्री बुझ्दै नगरप्रमुख थापाले बिरामीको उपचारमा ठूलो सहयोग पुग्ने भएकाले सामानको सदुपयोग गर्न अस्पताल प्रशासनलाई अनुरोध गरे।
स्ट्यान बेसिन, सिरिन्ज, सर्जिकल सामग्री तथा वैशाखी, बेडकभर, सिरानीलगायतका ३२ प्रकारका सामग्री प्रदान गरिएको छ। अस्पतालको सेवा थप प्रभावकारी बनाउन सामग्री प्रदान गरिएको इस्लामिक सक्रिय युवा समाजका अध्यक्ष माेहम्मद इब्राहिमले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण