Health TV Online
Health TV Online
Health TV Online

एम्बुलेन्स दुर्घटनामा एकजनाकाे मृत्यु, दुई घाइते

एम्बुलेन्स दुर्घटनामा एकजनाकाे मृत्यु, दुई घाइते

चितवन : भरतपुरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मंगलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग २  च ४६०० नम्बको एम्बुलेन्स शहीदचोकमा ना १ ज ७७७३ नम्बरको गाडीमा ठक्कर खाएको हो।

ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु भएको हो। भरतपुर अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। श्रेष्ठ उच्च रक्तचापका बिरामी थिए।

दुर्घटनामा बिरामीसँगै आएका गोरखा पालुङटारकै ६५ वर्षीय उदयप्रसाद श्रेष्ठ र म्याजिक चालक तनहुँ श्यामघाट–६ का १९ वर्षीय प्रविनकुमार श्रेष्ठ घाइते भएका छन्।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार