Health TV Online
Health TV Online
Health TV Online

तुलसीपुरमा १२ प्रतिशतमा हात्तीपाइलेको संक्रमण

तुलसीपुरमा १२ प्रतिशतमा हात्तीपाइलेको संक्रमण

लमही : दाङकाे तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ। राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको संक्रमण देखिएको बताए।

यही फागुन १५ गतेदेखि १८ गतेसम्म दाङका १० वटै स्थानीय तहमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने कार्यक्रम छ। सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा पनि तयारी पूरा भएको छ । यसअघि हात्तीपाइलेविरुद्धको औषधि खुवाए पनि रोगीको सङ्ख्या न्यूनीकरण हुननसकेको भन्दै दाङमा नवौँपटक हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो।

दुई वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, छारेरोगका बिरामीबाहेक अन्य सबैलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइनेछ। सबैले हात्तीपाइलेविरुद्धको औषधि सेवन नगर्दा दाङमा हात्तीपाइलेका बिरामी घट्न नसकेको दाहालको भनाइ छ।

हात्तीपाइलेविरुद्धको औषधि खुवाउन तुलसीपुर उपनगरपालिकामा ९५ स्वास्थ्यकर्मी खटाइएको छ। स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार प्रत्येक वडामा पाँच\पाँच स्वास्थ्यकर्मी खटाइएको छ । सो कार्यका लागि रु ११ लाख २७ हजार बजेटको व्यवस्था गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार