सरकार र आन्दोलनरत सरकारी चिकित्सकबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं : सरकार र कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकबीचको वार्ता निष्कर्षविनै टुंगिएको छ। स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकको टोलीबीचको सोमबार दिउँसो वार्ता निष्कर्षविहीन भएको हो।
वार्ताका लागि मन्त्रालयका तर्फबाट स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, सचिव डा. पुष्पा चौधरी र सचिव चन्द्रकुमार घिमिरे थिए। सरकारी चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. दिपेन्द्र पाण्डे, उपाध्यक्ष डा सुनिल पौडेल लगायत थिए। यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ पनि वार्तामा सहभागी थिए।
सरकारी चिकित्सकका मागका विषयमा गम्भीर नभएपछि वार्ता निष्कर्षविहीन भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा. पाण्डेले जानकारी दिए। माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए।
यसअघि शनिबार सरकारी चिकित्सक संघले सरकारलाई आइतबारबाट लागू हुनेगरी ७२ घण्टे अल्टिमेटम दिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण