सामुदायिक अस्पताल बन्दै जिल्ला अस्पताल
कावासोती : नवलपरासी पूर्व नवलपुरको कावासोतीमा जिल्ला अस्पताल निर्माण हुने भएको छ। कावासोतीको डण्डामा रहेको मध्यविन्दु अस्पताललाई जिल्ला अस्पताल बनाउने घोषणा गरेसँगै यहाँका सर्वसाधारण हर्षित भएका छन्।
जिल्ला अस्पताल बन्ने क्रममा रहेको मध्यविन्दु सामुदायिक अस्पतालले १३ करोड रूपैयाँ लागतमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण गर्न लागेकाे हाे। फागनु २७ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ जिल्ला अस्पताल घोषणा निर्माण घाेषणा गर्नेछन्।
पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ पाँचतले अस्पताल भवन निर्माण गर्न लागिएको हो । अस्पतालका अध्यक्ष चेतनाथ पोखरेलका अनुसार अस्पताल भवन निर्माणका लागि अन्तर्राष्ट्रिय संस्था नेपाल हिल्फे वाइलिड्ड ग्रीस जर्मनीले ५० प्रतिशत लागत सहयोग गर्ने गरी सम्झौता गरेको छ।
सोही संस्थाले केही रकम प्रदान गरेसँगै अस्पतालको नयाँ भवन निर्माण कार्य शुरु गरिएको हो। भवन निर्माण सम्पन्न गर्न अन्य रकममा स्थानीय तह, प्रदेश सरकार लगायतको सहयोग रहने अध्यक्ष पोखरेलले बताए।
जिल्लामा सुविधासम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि भरतपुरसम्म धाउनुपर्ने बाध्यता छ। तर अब जिल्लामा नै सुविधा सम्पन्न सरकारी जिल्ला अस्पताल निर्माण हुने भएपछि यस क्षेत्रका बासिन्दा खुशी भएका छन्।
नवलपुरको राजमार्ग क्षेत्रमा सवारी दुर्घटनामा परी घाइते हुनेहरुले समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था छ। यहाँ दिनहुँ जस्तो सवारी दुर्घटना हुने गरेका छन्। तर दुर्घटनाका घाइतेलाई उपचारका लागि चितवन लग्नुपर्ने बाध्यता छ। चितवन अस्पतालसम्म पुर्याउन झण्डै ४०–४५ मिनेट लाग्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण