Health TV Online
Health TV Online
Health TV Online

सरकारी चिकित्सकद्वारा सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’

सरकारी चिकित्सकद्वारा सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’

काठमाडाैं : कर्मचारी समायाेजनकाे विराेधमा रहेका सरकारी चिकित्सकहरूले आफूहरूको माग सुनुवाइ गर्न सरकारलाई ७२ घण्टाको ‘अल्टिमेटम’ दिएका छन्।

आइतबारदेखि ७२ घण्टामा पनि आफ्ना माग सुनुवाइ नभए बुधबारदेखि अस्पतालहरूमा अनिश्चितकालीन  सेवा बहिष्कार(आकस्मिक बाहेक) गर्ने सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले विज्ञप्ति निकाली जानकारी दिएकाे छ।

शनिबार बसेको संघको बैठकले गरेको निर्णयअनुसार हरेक दिन बिहान १० देखि ११ बजेसम्म आफूहरू कार्यरत अस्पतालहरूमा विरोध तथा धर्ना कार्यक्रम गर्ने बताएकाे छ।

यस्तै सरकारले यही फागुन १५ गते बुधबार मनाउन लागेको स्वास्थ्य सेवा दिवस बहिष्कार गर्ने र यसअघि संकलन गरिएको सरकारी चिकित्सकको सामूहिक राजीनामा पनि सरकारलाई बुझाउने अध्रयक्ष डा. दीपेन्द्र पाण्डे र महासचिव रविन खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

‘राज्यपक्षले समस्या समाधान नगरे सम्पूर्ण सरकारी चिकित्सकको संकलित सामूहिक राजीनामा बुझाई राज्यपक्षलाई मार्गप्रशस्त गरिदिने’, संघद्वारा प्रकाशित विज्ञप्तिमा भनिएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार