Health TV Online
Health TV Online
Health TV Online

स्पार्क हेल्थ होमले मनायो २७ औं वार्षिकोत्सव

स्पार्क हेल्थ होमले मनायो २७ औं वार्षिकोत्सव

काठमाडौं:  कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले २७ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालले आयोजना गरेको सत्ताइसौं वार्षिकोत्सव कार्यक्रममा बिरामीलाई नै प्रमुख अतिथी बनाइएको थियो ।

बिरामीकै कारण अस्पताल यहाँसम्म आउन सफल भएकाले उनीहरुलाई प्रमुख अतिथी बनाएर कार्यक्रम गरिएको अस्पतालका संस्थापक अध्यक्ष टंकनाथ पौडेलले बताए । उनले भने, ‘सानो कोठाबाट शुरु गरेको अस्पताललाई यहाँ सम्म ल्याउन बिरामीले देखाएको माया र विश्वास नै हो । ’

कार्यक्रममा उपचार पछि निको भएका बिरामी केदार भट्टराईले प्यारालाइसिस पछि जीवन अब सकियो भनेर बसेको भए पनि स्पार्कले नयाँ जीवन दिएको बताए । यसैगरी अर्का बिरामी बामदेव रोक्काले पनि स्पार्कले आफूलाई नयाँ जीवन दिएको बताए । उनले भने, ‘स्पार्क नभएको भए आज म ओछ्यानमै हुन्थे ।’

कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा जनक बहादुर बस्नेतले सरकारले गर्नुपर्ने काम निजी  स्पार्क जस्ता अस्पतालले गरेको बताए।

वार्षिकोत्सव कै अवसर पारेर अस्पतालले सोही अस्पतालमा उपचारपछि निको भएका बिरामीहरुको विचार, उनीहरुको भोगाई समेटेर तयार पारेको ‘स्पार्कले दिएको नयाँ जीवन’ नामक पुस्तक विमोचन गरेको छ । अस्पतालका निर्देशक रुपेश अधिकारीद्धारा सम्पादित उक्त पुस्तकमा स्पार्कमा उपचार गरेर निको भएका बिरामीहरुको  उपचार अनुभव एवम लेखहरु संकलित भएको सम्पादक अधिकारीले बताए ।

कार्यक्रममा अस्पतालको फिजियोथेरापी विभागमा कार्यरत डा विजय फुँयाललाई नगद पुरस्कारसहित उत्कृष्ट कर्मचारीको पुरस्कार दिईयो । यसैगरी विगत २६ वर्षदेखि स्पार्क अस्पतलाले सञ्चालन गरेको योग कक्षामा सहभागी भई आएका मोहनचण्डी श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठलाई समेत सम्मान गरियो । साथै संचारमाध्यमबाट जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कान्तिपुर दैनिकका अतुल मिश्रलाई सम्मान गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार