१५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
काठमाडौंः स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही फागुन १५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ। महाशाखाले पत्रकार सम्मेलन गरी यही फागुन १५ गतेदेखि १५ जिल्लामा औषधि खुवाउने जानकारी दिएको हो।
औषधि खुवाइने जिल्लाहरूमा बाँके, बर्दिया, कैलाली ,पाचँथर, इलाम, झापा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ र कञ्चनपुर छन्। सरकारले १५ जिल्लाका ७८ लाख ४९ हजारलाई औषधि खुवाउने लक्ष्य लिएको छ।
औषधि वितरण कार्यक्रमका लागि ६ हजार दुई सय पाँच जना स्वास्थ्यकर्मी परिचालन गरिएको महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बताए।
‘क्युलेक्स’ नामक लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगबाट हाल नेपालमा ३० हजार मानिस प्रभावित रहेको महाशाखाले जनाएको छ। वर्षको एकपटकको दरले ६ वर्षसम्म औषधि सेवन गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सुत्केरी एवं सिकिस्त बिरामीले भने सो औषधि सेवन गर्नुहुँदैन।
यसका साथै मुटु ,मिर्गौला लगायतका दीर्घरोगीले समेत यो औषधि सेवन गर्नुहुँदैन। सरकारले हात्तीपाइले रोग सन् २०२० सम्म नेपालबाट निवारण गर्ने लक्ष्य लिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण