Health TV Online
Health TV Online
Health TV Online

सरकारी चिकित्सकको आन्दोलनमा चिकित्सक संघकाे ऐक्यबद्धता

सरकारी चिकित्सकको आन्दोलनमा चिकित्सक संघकाे ऐक्यबद्धता

काठमाडाैं : नेपाल चिकित्सक संघले सरकारी चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।

बिहीबार विज्ञप्ति निकालेर संघले सरकारी चिकित्सकका माग अविलम्ब पूरा गर्न सरकारलाई आग्रह गरेको छ। राज्यले चिकित्सकहरूलाई बेवास्ता गर्ने र उनीहरूकाे मानमर्दन गर्ने कार्य दुर्भाग्यपूर्ण रहेको ठहर गरेकाे छ।

‘स्वाथ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत जिचकित्सकहरूलाई राज्यले मानमर्दन गर्ने बेवास्ता गर्ने कार्य दुर्भाग्यपूर्ण रहेको कुरा नेपाल चिकित्सक संघको ठहर छ’, महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले चिकित्सा सेवाजस्तो सेवामुखी पेशाप्रति आकर्षण घटाउनुका साथै हाल कार्यरत चिकित्सकहरूकाे मनोबल घटाउने भएकाले समस्याको यथाशीघ्र सम्बोधन गर्न संघ जोडदार अपिल गर्दछ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार