Health TV Online
Health TV Online
Health TV Online

राजविराजमा आयोजित बृहत् स्वास्थ्य शिविरमा १२ हजारले लिए सेवा

राजविराजमा आयोजित बृहत् स्वास्थ्य शिविरमा १२ हजारले लिए सेवा

काठमाडौं : नेपाली सेनासँगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सप्तरीको राजविराजमा आयोजना गरेको बृहत स्वास्थ्य शिविरमा हालसम्म १२ हजार १२१ जनाले सेवा लिएका छन्।

फागुन १ गतेदेखि एक साताका लागि तय भएको शिविर बिरामीहरूको चाप बढेपछि चार दिन थप गरिएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए। शिविरमा दिनहुँ एक हजार ६ सय बिरामी आउने गरेको दासले जानकारी दिए

शिविरमा हालसम्म २४७ जनाको शल्यक्रिया भएको  जानकारी दिइएकाे छ। तीमध्ये १५८ जनाको जटिल र बाँकीको सामान्य शल्यक्रिया गरिएको बताइएकाे छ।

शिविरभर ६० वटा शल्यक्रिया गर्ने लक्ष्य भए पनि बिरामीको चापका कारण यो संख्यामा शल्यक्रिया गरिएको दासले जानकारी दिए। शिविरमा प्रोष्टेट, पित्तथैली पत्थरी हर्निया, पाठेघरलगायतकाे शल्यक्रिया गरिएकाे हाे।

शिविरमा मेडिसिन, सर्जरी, स्त्री रोग, हाडजोर्नी, छालारोग, नाक–कान–घाँटी लगायत विभिन्न १८ विधामा उपचार भइरहेको छ। शिविरमा सप्तरी सुनसरी, उदयपुरलगायत भारत सीमावर्ती क्षेत्रका विरामीले सेवा लिइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार