गुलाबजल लगाउँदा हुन्छ यस्ताे फाइदा
बगैँचामा ढकमक्क फूल्ने गुलाबले घरको शोभा त दिन्छ नै यसको फाइदा अरु पनि छन्। खासगरी सौन्दर्य बढाउनका लागि गुलाब निकै उपयोगी छ। गुलाबको फूल विभिन्न रंगको हुन्छ, जसलाई सजावट, कस्मेटिक उत्पादनदेखि औषधी बनाउनसम्म प्रयोग गरिन्छ ।
गुलाबको जल बनाएर अनुहार तथा केसमा प्रयोग गर्न सकिन्छ। यसले छालाको पीएच स्तर पनि ठीक राख्छ। छालालाई सफा गर्नका लागि गुलाब जल उपयोगी हुन्छ।
थोरै कपास गुलाब जलमा डुबाएर त्यसलाई अनुहारमा लगाउँदा छालामा रहेको फोहोरमैलाे निस्कन्छ। नरिवलको तेलमा केही थाेपा गुलाब जल मिसाएर लगाउँदा केश नरम, मुलायम र चम्किलो देखिन्छ।
कुनै पनि घाउमा गुलाब जल लगाउँदा औषधिको राम्रो काम गर्छ। यसले छालालाई नरम बनाउँछ। रुखो हुन दिँदैन। छालामा दाग,धब्बा रहन दिँदैन।
आँखाको तलको कालो घेरा हटाइदिन्छ। तैलिय छालामा पनि यो लाभदायक हुन्छ। छालालाई हाइड्रेड राख्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’