गुलाबजल लगाउँदा हुन्छ यस्ताे फाइदा

बगैँचामा ढकमक्क फूल्ने गुलाबले घरको शोभा त दिन्छ नै यसको फाइदा अरु पनि छन्। खासगरी सौन्दर्य बढाउनका लागि गुलाब निकै उपयोगी छ। गुलाबको फूल विभिन्न रंगको हुन्छ, जसलाई सजावट, कस्मेटिक उत्पादनदेखि औषधी बनाउनसम्म प्रयोग गरिन्छ ।
गुलाबको जल बनाएर अनुहार तथा केसमा प्रयोग गर्न सकिन्छ। यसले छालाको पीएच स्तर पनि ठीक राख्छ। छालालाई सफा गर्नका लागि गुलाब जल उपयोगी हुन्छ।
थोरै कपास गुलाब जलमा डुबाएर त्यसलाई अनुहारमा लगाउँदा छालामा रहेको फोहोरमैलाे निस्कन्छ। नरिवलको तेलमा केही थाेपा गुलाब जल मिसाएर लगाउँदा केश नरम, मुलायम र चम्किलो देखिन्छ।
कुनै पनि घाउमा गुलाब जल लगाउँदा औषधिको राम्रो काम गर्छ। यसले छालालाई नरम बनाउँछ। रुखो हुन दिँदैन। छालामा दाग,धब्बा रहन दिँदैन।
आँखाको तलको कालो घेरा हटाइदिन्छ। तैलिय छालामा पनि यो लाभदायक हुन्छ। छालालाई हाइड्रेड राख्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति