सँधै स्वस्थ रहन चाहनुहुन्छ भने…

सकारात्मक सोचको विकास गर्नुस्। बिहान उठ्नेबित्तिकै आजको दिन सकारात्मक तवरले बिताउनेछु भन्ने संकल्प गर्नुस्। आफ्नो ‘करिअर’, परिवारको जिम्मेवारी , कामको बोझ र बढी महत्वाकांक्षाजस्ता विषयमा तनाव नलिनुस्।
मानिस पूर्ण रुपमा स्वस्थ लागि मोटोपनबाट बच्न जरुरी छ। नियमित दिनचर्याको ख्याल गर्नुस्। खाने बस्ने सुत्ने उठ्नेजस्ता कुरामा सकभर एकरुपता दिनुस्। आफुले गर्न कामको समय निश्चित गर्नुस्।
शारीरिकसँगै मानसिक तवरले समेत स्वस्थ रहन नियमित व्यायाम गर्नुस्। हरेक मानिसले कम्तीमा पाँचदेखि आठ घन्टा पुरा निद्रा लिन जरुरी छ । यदि आवश्यक निद्रा पुगेन भने निनभर तनाव हुनुका साथै शारीरिक समस्या देखा पर्न सक्छ।
हरेक दिन बिहान नास्ता खाने बानीको विकास गर्नुस्। यसले दिनभर ऊर्जा दिन्छ। ध्यान गर्नुस्। ध्यान गर्दा दिमाग तेजिलो हुन्छ। ध्यान एक साधारण तर शक्तिशाली प्रविधि हो। जसले मस्तिष्कलाई शान्त र स्थिर राख्न मद्दत गर्छ।
नियमित स्वास्थ्य परीक्षण गर्नुहोस्। जसले कुनै पनि समस्याको लक्षण देखिनुअघि नै सचेत गराउँछ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति