सँधै स्वस्थ रहन चाहनुहुन्छ भने…
सकारात्मक सोचको विकास गर्नुस्। बिहान उठ्नेबित्तिकै आजको दिन सकारात्मक तवरले बिताउनेछु भन्ने संकल्प गर्नुस्। आफ्नो ‘करिअर’, परिवारको जिम्मेवारी , कामको बोझ र बढी महत्वाकांक्षाजस्ता विषयमा तनाव नलिनुस्।
मानिस पूर्ण रुपमा स्वस्थ लागि मोटोपनबाट बच्न जरुरी छ। नियमित दिनचर्याको ख्याल गर्नुस्। खाने बस्ने सुत्ने उठ्नेजस्ता कुरामा सकभर एकरुपता दिनुस्। आफुले गर्न कामको समय निश्चित गर्नुस्।
शारीरिकसँगै मानसिक तवरले समेत स्वस्थ रहन नियमित व्यायाम गर्नुस्। हरेक मानिसले कम्तीमा पाँचदेखि आठ घन्टा पुरा निद्रा लिन जरुरी छ । यदि आवश्यक निद्रा पुगेन भने निनभर तनाव हुनुका साथै शारीरिक समस्या देखा पर्न सक्छ।
हरेक दिन बिहान नास्ता खाने बानीको विकास गर्नुस्। यसले दिनभर ऊर्जा दिन्छ। ध्यान गर्नुस्। ध्यान गर्दा दिमाग तेजिलो हुन्छ। ध्यान एक साधारण तर शक्तिशाली प्रविधि हो। जसले मस्तिष्कलाई शान्त र स्थिर राख्न मद्दत गर्छ।
नियमित स्वास्थ्य परीक्षण गर्नुहोस्। जसले कुनै पनि समस्याको लक्षण देखिनुअघि नै सचेत गराउँछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण