बर्सेनि तीन हजार थपिँदै कुष्ठरोगका बिरामी
काठमाडौं : सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि बर्सेनि तीन हजार नयाँ बिरामी फेला परिरहेका छन्।
कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि लक्षण नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।
कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रङ्गको दाग र गीर्खा देखिनेलगायतका लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा बिरामी ढिलो मात्रै उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ। अस्पतालका कुष्ठरोग विशेषज्ञ डा. महेश साहका अनुसार कतिपय व्यक्तिमा रोग लागेपछि विस्तारै नशा फुल्दै जान्छ। ती व्यक्ति स्वास्थ्य संस्थामा जाँदा पहिले नशारोगको नै उपचार हुने उनले बताए।
कुष्ठरोगको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये झण्डै १० प्रतिशतमा दाग नदेखिने डा. साहले बताए। ‘किटाणु फैलिएर बिरामी अङ्गभङ्ग भएपछि मात्रै बिरामी उपचारका लागि आइपुग्छन्’, उनले भने।
कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि दाग देखिनेसँगै अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, आँखीभौँ पहिले पातलो हुँदै झर्न थाल्ने अस्पतालले जनाएको छ । बिरामीमा बिस्तारै हातखुट्टा लत्रिने, शरीरमा नदुख्ने घाउ देखा पर्ने हुँदै अन्तमा बिरामी सामान्य कामसमेत गर्न नसक्ने अवस्थामा पुग्ने डा. साहले बताउनुभयो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण