तामा खाँदा हुने फाइदा
तामा नेपालमै पाइने र सानादेखि ठूलासम्मलाई मन पर्ने तरकारी हाे। याे खाँदा जति स्वादिलाे हुन्छ त्यति नै औषधीय गुणले भरिपूर्ण हुन्छ। ज्वराे रूघाखाेकीबाहेकका अन्य कतिपय समस्यामा यसले प्रभावकारी भूमिका खेल्छ।
तामा खाँदा हुने फाइदाहरू
रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेल्नुका साथै तामाले मुटुरोगको सम्भावना कम गर्छ।
कम कार्बोहाइड्रेड हुने कारण बाँसको तामा मधुमेह रोगीका लागि फाइदाजनक छ।
न्यून क्यालोरी हुने हुँदा बाँसको तामाले वजन घटाउन मद्दत पुर्याउँछ ।
पाचन प्रक्रियामा समस्या भएकाले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।
यसले कोलेस्ट्रोल सन्तुलन गर्ने काम पनि गर्छ।
पिसाबमा संक्रमण भएकालाई तामाले औषधिको काम गर्छ।
नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।
मानिसकाआन्तरिक तथा बाह्य रूपमा हुने विभिन्न घाउ तथा चोट ठीक गर्न यो उपयोगी छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल