चिकित्सकहरूका लागि सुविधासम्पन्न आवास निर्माण
गलकोट : धवलागिरि अञ्चल अस्पताल बागलुङले सेवारत चिकित्सकहरूका लागि आवास निर्माण गरेको छ।
एक करोड ४६ लाख २९ हजारको लागतमा निर्माण भएको दुईतले पक्की भवनमा चार परिवार बस्न मिल्ने धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।
दरबन्दीअनुसारका चिकित्सक नबस्ने समस्या समाधान गर्न चिकित्सक आवास भवन निर्माण गरेको धवलागिरि अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए।
एक मेडिकल सुपरिटेण्डेन्टसहित २१ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा नयाँ निर्माण भएको भवनसहित १६ चिकित्सकलाई आवास तयार भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । अस्पतालले थप चिकित्सक आवाससमेत निर्माण गर्न थालिरहेको गौतमले बताए।
अस्पतालमा चिकित्सक नबस्ने समस्यालाई मध्यनजर गर्दै सुविधासम्पन्न आवास निर्माण गरिएको हो। यससँगै सेवारत चिकित्सकहरू लामो समयसम्म यहाँ बस्ने अपेक्षा अस्पतालले गरेको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा