चिकित्सकहरूका लागि सुविधासम्पन्न आवास निर्माण
गलकोट : धवलागिरि अञ्चल अस्पताल बागलुङले सेवारत चिकित्सकहरूका लागि आवास निर्माण गरेको छ।
एक करोड ४६ लाख २९ हजारको लागतमा निर्माण भएको दुईतले पक्की भवनमा चार परिवार बस्न मिल्ने धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।
दरबन्दीअनुसारका चिकित्सक नबस्ने समस्या समाधान गर्न चिकित्सक आवास भवन निर्माण गरेको धवलागिरि अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए।
एक मेडिकल सुपरिटेण्डेन्टसहित २१ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा नयाँ निर्माण भएको भवनसहित १६ चिकित्सकलाई आवास तयार भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । अस्पतालले थप चिकित्सक आवाससमेत निर्माण गर्न थालिरहेको गौतमले बताए।
अस्पतालमा चिकित्सक नबस्ने समस्यालाई मध्यनजर गर्दै सुविधासम्पन्न आवास निर्माण गरिएको हो। यससँगै सेवारत चिकित्सकहरू लामो समयसम्म यहाँ बस्ने अपेक्षा अस्पतालले गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण