Health TV Online
Health TV Online
Health TV Online

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे समस्या समाधान गर्न संसदीय उपसमिति गठन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे समस्या समाधान गर्न संसदीय उपसमिति गठन

काठमाडौं : संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान हुने गरी स्थलगत अध्ययन गर्न उपसमिति गठन गरेको छ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले राप्ती प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान हुने गरी स्थलगत अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो।

खगराज अधिकारी संयोजक रहेको उपसमितिमा अन्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल मियाँ र नमिताकुमारी चौधरी सदस्य रहेको समितिकी सभापति जयपुरी घर्तीले बताइन्।

पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सो प्रतिष्ठानको समस्या समाधान हुने गरी स्थलगत अध्ययन गरी समितिमा प्रतिवेदन पेश गर्ने कार्यादेश उपसमितिलाई दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार