भिजाएकाे एक मुठी चना नियमित खाने गर्नुस्, पाउनुस् यस्ताे लाभ
चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिन प्रशस्त मात्रामा पाइन्छ। यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्नुका साथै विभिन्न रोगबाट पनि बचाउँछ। त्यसैले हरेक दिन बिहान कम्तीमा एक मुठी भिजेको चना खाने गर्नुस्।
हरेक बिहान भिजेको चना खाँदा हुने फाइदा–
भिजाएको चनामा धेरै फाइबर पाइन्छ। यसले पाचन क्रियालाई सन्तुलित पार्छ र कब्जियत हटाउँछ। भिजाएको चना नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ।
यसले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढाउँछ ।भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौनक्षमता पनि बढ्छ।
पटक पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्या छ भने पनि नियमित रूपमा बिहान भिजेको चना खाँदा समस्या समाधान हुन्छ। शरीरको ताैल बढाउन, मांशपेशी बढाउन तथा सशक्त बनाउन पनि नियमित चना सेवन गर्नुपर्छ। यसमा पर्याप्त मात्रामा फस्फोरस लवण पाइन्छ जसले हेमोग्लोबिनको मात्रा बढाउँछ साथै मिर्गौलालाई समेत स्वस्थ राख्न सहयोग गर्छ।
रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ। भिजाएको चना नियमित खानाले शरीरमा मेटाबोलिज्म बन्छ। यसका कारण रगतमा चिनीको मात्रा नियन्त्रण हुने र मधुमेहबाट जोगिन सहयोग पुग्छ।
चना आइरनको राम्रोस्रोत हो। भिजाएको चना नियमित रूपमा खानाले रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण