उमेरै नपुगी गर्भपतन!
कैलाली : सुरक्षित गर्भपतन गराउनेहरूको संख्या बढेको छ। त्यससनँगै कलिलै उमेरमा गर्भ फाल्नेहरूकाे संख्या पनि बढाेत्तरी भएकाे छ। आर्थिक वर्ष ०७४\७५ मा सेती अञ्चल अस्पतालबाट एक हजार चार सयले गर्भपतन गरेको तथ्यांकले देखाएको हो।
चालू आवको ६ महिनामै ६०३ जनाले सेवा लिएको सुरक्षित गर्भपतन वाड ईन्चार्ज भगवती बडालले जानकारी दिइन्। उनका अनुसार अञ्चल अस्पतालमा करिब २५ प्रतिशत कम उमेरका गर्भपतन गराउन आउने गरेका छन्।’
१६ वर्षभन्दा कम उमेरको गर्भपतन गराउँदा अभिभावक आवश्यक पर्ने र त्यो भन्दा बढी उमेर समूहमा स्वयं महिलाको चाहनाअनुसार गर्भपतन सेवा प्रदान भइरहेको उनले बताइन्।
परिवार नियोजन संघ कैलालीका अनुसार सन् २०१७ मा १५ देखि १९ वर्ष समूहका ३९ जनाले सेवा लिएकोमा सन् २०१८ मा ४९ पुगेको छ। कैलालीका विभिन्न २० भन्दा बढी स्थानबाट सुरक्षित गर्भपतन सेवा निःशुल्क रुपमा प्रदान भइरहेको छ।
ठूलो संख्यामा भारतका विभिन्न स्थानबाट पनि असुरक्षित गर्भपतन भइरहेको चिकित्सकहरू बताउँछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण