चिसाेमा निमोनियाबाट बच्न…
छ महिनासम्मका बच्चालाई आमाको दूध मात्रै खुवाउनुपर्छ। त्योभन्दा माथिका बच्चालाई आमाको दूधसँगै अन्य खानेकुरा पनि खुवाउने गर्नुपर्छ।
यसले शिशुको शरीरलाई अत्यावश्क पौष्टिक तत्त्व प्राप्त हुन्छ र प्रतिरक्षा प्रणाली मजबुत बनाउन सहयोगी हुन्छ। बच्चालाई सरकारले सुझाएका सबै खोप लगाउनुपर्छ ।
जाडो मौसममा वातावरण प्रदूषण बढी हुने भएकाले खाना खुवाउनुअघि र बच्चाको सम्पर्कमा जानुअगाडि राम्रोसँग हात धुनुपर्छ।
आफ्नो घरवरिपरिको वातावरण सधैँ स्वस्थ राख्ने गर्नुपर्छ। सकेसम्म बिहानको घाम ताप्ने गर्नुपर्छ।
चिसो समयमा सकेसम्म भिडभाडमा नजाने वा गए पनि मास्क प्रयोग गर्नुपर्छ।
नियमित पोषणयुक्त खानेकुरा खाने गर्नुपर्छ। चिसो हटाउन सुप खान सकिन्छ, जसले रोगप्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण