चिसाेमा निमोनियाबाट बच्न…
छ महिनासम्मका बच्चालाई आमाको दूध मात्रै खुवाउनुपर्छ। त्योभन्दा माथिका बच्चालाई आमाको दूधसँगै अन्य खानेकुरा पनि खुवाउने गर्नुपर्छ।
यसले शिशुको शरीरलाई अत्यावश्क पौष्टिक तत्त्व प्राप्त हुन्छ र प्रतिरक्षा प्रणाली मजबुत बनाउन सहयोगी हुन्छ। बच्चालाई सरकारले सुझाएका सबै खोप लगाउनुपर्छ ।
जाडो मौसममा वातावरण प्रदूषण बढी हुने भएकाले खाना खुवाउनुअघि र बच्चाको सम्पर्कमा जानुअगाडि राम्रोसँग हात धुनुपर्छ।
आफ्नो घरवरिपरिको वातावरण सधैँ स्वस्थ राख्ने गर्नुपर्छ। सकेसम्म बिहानको घाम ताप्ने गर्नुपर्छ।
चिसो समयमा सकेसम्म भिडभाडमा नजाने वा गए पनि मास्क प्रयोग गर्नुपर्छ।
नियमित पोषणयुक्त खानेकुरा खाने गर्नुपर्छ। चिसो हटाउन सुप खान सकिन्छ, जसले रोगप्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?