डा.केसीविरूद्ध उत्रिँदै डा. उप्रेती समूहका चिकित्सक
काठमाडाैं : महाराजगञ्ज मेडिकल क्याम्पसका पूर्वप्रमुख प्रा. डा. रामप्रसाद उप्रेतीकाे संयोजकत्वमा डा. केसीविरुद्ध चिकित्सकहरू भेला हुँदैछन्।
अस्पताललाई अनशनमुक्त क्षेत्र बनाउन दबाब सिर्जना गर्न चिकित्सक, प्राध्यापक, नर्स, विद्यार्थी तथा बिरामीका आफन्तहरू आज त्रिवि शिक्षण अस्पताल परिसरमा भेला हुने भएका हुन्। बिहान साढे ११ बजे भेला भएर उनीहरुले डा. केसीको अनशनको विरोध गर्ने बताएका छन् ।
यता डा. केसीको मागलाई समर्थन गर्दै विभिन्न पेशागत संगठनहरुले आजै १ बजे माइतीघर मण्डलामा बृहत र्याली निकाल्दैछन्। डा. केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले डा. केदार नरसिंह केसीको संयोजकत्वमा र्याली गर्न लागिएको डा. केसीले बताए।
डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा १६ औँ चरणको अनशनमा छन्। बिहीबार उनकाे अनशनकाे २३औँ दिन हाे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण