Health TV Online
Health TV Online
Health TV Online

डा. केसीकाे स्वास्थ्य अवस्था नाजुक, पुनः आईसीयूमा सार्ने तयारी

डा. केसीकाे स्वास्थ्य अवस्था नाजुक, पुनः आईसीयूमा सार्ने तयारी

काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा अनशरत डा. गोविन्द केसीलाई आईसीयूमा सार्ने तयारी गरिएको छ।

चिकित्सा शिक्षा सुधार लगायतका विभिन्न माग राख्दै थालेकाे अनशन २२ दिनसम्म आइपुग्दा डा. केसीकाे स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएपछि उनलाई आईसीयूमा राख्ने तयारी गरिएको हो।

गत पुस २५ गते इलामबाट अनशन शुरू गरेका डा. केसीलाई स्वास्थ्य अवस्था बिग्रिएकाे भन्दै माघ ४ गते काठमाडाैं ल्याइएकाे थियाे। आईसीयूबाट ६ गते  क्याबिनमा सारिएका उनलाई ८ गते जनरल बेडमा सारिएकाे थियाे।

यता केसीकाे अनशनप्रति समर्थन जनाउँदै नेपाल चिकित्सक संघको आह्वानमा शुरु भएको चिकित्सकहरूको रिले अनसन मंगलबार पनि जारी छ। त्रिवि शिक्षण अस्पतालमा हरेक दिन बिहान १० देखि बेलुकी ५ बजेसम्म रिले अनशन जारी रहेको संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले जानकारी दिए।

चिकित्सकहरूको रिले अनशनका कारण अस्पतालमा उपचार गराउन जाने बिरामी भने मारमा परेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार