Health TV Online
Health TV Online
Health TV Online

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल केन्द्र सरकार मातहत रहने

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल केन्द्र सरकार मातहत रहने

काठमाडौं : सरकारले दुई नेताका नाममा रहेका अस्पताल केन्द्र मातहतमा राख्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रिपरिषद बैठकले बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र केन्द्र मातहतमा राख्ने निर्णय गरेको हो ।

सरकारले यी दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो। कांग्रेसले सरकारको उक्त निर्णयको विरोधमा संसद अवरोधका साथै सडक आन्दोलन घोषणा गरे पछि सरकारले निर्णय सच्याएकाे हाे।

स्वास्थ्य मन्त्रालयले यी दुई अस्पताल सहित ११ वटा अस्पताल केन्द्र मातहतमा राख्ने गरी प्रस्ताव लगेको भए पनि नौ वटा मात्र स्वीकृत गरेको थियो। यो सँगै केन्द्र मातहत रहने अस्पतालको सख्या ११ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार