डा केसीको जीवन रक्षाका लागि चिकित्सकहरू आज दिनभर रिले अनशनमा
काठमाडौं: चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सकहरुले सोमबार रिले अनशन गरे। विहान १० बजेदेखि शुरु भएको रिले अनशन पाँच बजे सकिएको छ ।
डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै सरकारलाई वार्ताको पहल गर्न दवाव दिन देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।
चिकित्सक संघले आइतबार देशभरका चिकित्सकलाई संघको शाखा कार्यालयमा रिले अनसन बस्न आव्हान गरेको थियो । काठमाडौंमा त्रिवि शिक्षण अस्पताल र र उपत्यका बाहिरका शाखा भएका जिल्लामा शाखामा र नभएका जिल्लामा स्वास्थ्य संस्थामा रिले अनशन सुरु गरिएको संघले जनाएकाे छ । संघले सरकारले डा केसीको मागलाई वेवास्ता गरे अस्पतालका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
डा केसीको अनसनको २० औं दिन हुँदा पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’