निर्मलाकाे भेजिनल स्वाबसँग मिल्याे आमा दुर्गादेवीकाे डीएनए
काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको ‘भेजिनल स्वाबसँग आमा दुर्गादेवी पन्तको ‘डीएनए’ मेल खाएको छ।
निर्मलाको योनिबाट निकालिएको स्वाबसँग आमा दुर्गादेवीको डिएनए मेल खाएको कञ्चनपुरका प्रहरीका नायब उपरीक्षक मेघबहादुर खत्रीले जानकारी दिएका हुन्।
निर्मलाको योनिबाट निकालिएको स्वाबमाथि शंका गर्दै दुर्गादेवी पन्तले गत पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमुना दिएकी थिइन्।
गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। हत्या अभियोगमा पक्राउ परेका २० भन्दा बढीको डीएनए परीक्षण गर्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण