डा. केसीको सर्मथनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलित
धरान : अनशनरत डा. गोविन्द केसीको सर्मथनमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४५० डाक्टर अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन्। विरामी जाच्न छाडेर प्रतिष्ठानका जुनियर रेसिडेण्ट वेलफेर सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलको नेतृत्वमा डाक्टरहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन्।
सरकारले डा. केसीका जायज माग सम्बोधन नगरेको तथा बलपूर्वक राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै डाक्टरले आकस्मिक सेवाबाहेकका सबै काम छाडेर प्रतिष्ठानको जनरल ओपीडी अगाडि धर्ना शुरु गरेका हुन्।
जुनियर डाक्टरहरूले ओपीडी, वार्डमा समेत काम बहिष्कार गरी आन्दोलनमा उत्रिएका कारण प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका र उपचार गर्न आउने बिरामी मर्कामा परेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण