यसरी बच्नुस् स्वाइन फ्लुबाट
काठमाडाैंमा केही दिनयता कडा खालकाे रूघाखाेकीले पाँचजनाकाे मृत्यु भइसकेकाे छ। अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको सङ्ख्या लुकाएको सरकारले पत्रपत्रिकामा यसबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ।
स्वाइनफ्लु मौसमी रुघाखोकी अर्थात् सिजनल फ्लुको एक प्रकार हो। स्वाइनफ्लु एच वन एन वान भाइरसले लाग्छ। रुघाखोकी, ज्वरो जस्ता सामान्य रोग बिग्रिएर यो भाइरस फैलिने चिकित्सकहरू बताउँछन् ।
यसरी फैलिन्छ स्वाइनफ्लु
चिसो र तातो मौसम परिवर्तन भइरहने स्थितिमा स्वाइनफ्लुको भाइरस फैलिन्छ। अहिलेजस्तो छिनमै घाम लाग्ने, छिनमै चिसो हुने र छिनमै पानी पर्ने मौसम भएका वेला भाइरस फैलिने चिकित्सक बताउँछन्।
यस्ता मानिसलाई खतरा
स्वस्थ मानिसलाई स्वाइनफ्लुले सजिलै असर गर्न सक्दैन। महिला, बालबालिका तथा रोगीलाई स्वाइनफ्लुले चाँडै असर गर्छ।
‘सुगर, प्रेसर, मुटुरोग, मिगौला तथा अन्य दीर्घरोगको सामना गरिरहेका मानिसलाई बढी खतरा हुन्छ। केही सावधानी अपनाए यसले खासै केही असर गर्दैन।
यसरी बच्नुस्
साधारण लक्षण देखिनासाथ अस्पताल गएर जाँच गरी औषधि खाएमा यसबाट सजिलै बच्न सकिन्छ । बाहिर हिँड्दा मास्क लाएर हिँड्ने, चिसोमा न्यानो लुगा लगाउने जस्ता साधारण सावधानी अपनाउने गरेमा यसबाट रोगबाट बच्न सकिन्छ।
हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने, रुघा लागेका मानिससँग अंकमाल नगर्ने, टिस्यु पेपर प्रयोग गर्ने गरेमा यसबाट बच्न सकिन्छ। सरसफाइमा विशेष ध्यान दिएमा यो भाइरस सजिलै फैलिँदैन।
स्वाइफ्लुको लक्षण देखिएका मानिस छुट्टै बसेर अरुलाई यस रोगबाट बचाउन सक्छन्। तातोपानी खाने, नुनपानीले कुल्ला गर्ने, भिडभाडमा यात्रा नगर्ने गर्दा पनि यसबाट बच्न सकिन्छ। खकार तथा थुक जथाभावी नफाल्ने, मास्क तथा टिस्यु पेपर नष्ट गर्ने गर्नुपर्छ।
एजेन्सीकाे सहयाेगमा





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’